Listen LIVE

त्रिवेणी गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ शिल्ड जनजागृति नमुना माविको पोल्टामा

 पुस २७, रोल्पा ।  रोल्पाको त्रिवेणी गाउँपालिकाको छैठौं  राष्ट्रपति रनिङ शिल्ड जनजागृति नमुना माविको पोल्टामा परेको छ ।बिहिवार सम्पन्न सबै खेलहरु सकिएसँगै छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३७ स्वर्ण, ११ रजत, १५ कास्य गरि सबै ८१ पदक प्राप्त गर्दै जनजागृति नमुना मावि जुगार दोस्रोपटक पनि शिल्ड बिजेता भएको हो । जनजागृति नमुना मावि गत बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि च्याम्पियन भएको थियो ।

यस्तै अरनिको माबि नुवागाउले ११ स्वर्णपदक, ९ रजतपदक र १५ कास्यपदक गरि  ३५ पदक ल्याएर दोस्रो भएको छ , भने जनकल्याण मावि सिम्पानि  ५ स्वर्ण , १ रजत, ४ कास्य गरि १० पदक लिएर तेस्रो भएको छ । शिल्ड यहि पुस २३ गतेदेखि २६ गतेससम्म जनजागृति  नमुना मा.वि. जुगार त्रिवेणी-५ को प्राङगनमा भएको हो । 

रनिङ शिल्डमा त्रिवेणी गाउँपालिकाका १२  माध्यमिक विद्यालयहरु सहभागी भएका थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल ,कबड्डी , एथलेटिक्स, कराते, तेक्वान्दो , उत्सु  खेलहरु भएका हुन् ।

प्रतिक्रिया