Listen LIVE

त्रिवेणी गाउँपालिकामा स्क्रब टाईपसको बिरामी फेला ।

असोज १८ गते रोल्पा ।

त्रिवेणी गाउँपालिकाको  केन्द्रमा रहेको नेर्पा स्वास्थ्य चौकीमा एक जना बिरामीलाई चेकजाचँ गर्ने क्रममा स्क्रब टाईपस देखा परेको छ । त्रिवेणी गाउँपालिकाको वडा नं। ७ बाट बिरामी भएपछि उपचारको लागि नेर्पा स्वास्थ्य चौकीमा आउनु भएको थियो । उपचार गर्ने क्रममा चेकजाचँ पछि स्क्रब टाईपस देखा परेको  नेर्पा स्वास्थ्य चौकीका इन्चार्ज श्री खकेन्द्र घर्तीले जानकारी दिनुभएको छ । 


नेर्पा स्वास्थ्य चौकीमा उपचार पछि थप उपचारको लागि दाङ तुल्सिपुरको राप्ती प्रादेशिक अस्पताल मा रिफर गरी तत्कालै एम्बुलेन्स बोलाई दाङ तुल्सिपुर पठाइएको नेर्पा स्वास्थ्य चौकीका इन्चार्ज घर्तीले जानकारी दिनुभएको छ । स्क्रब टाईपस रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किराको टोकाईले लाग्दछ यो किरा प्राय जसो झाडी, खेतबारी, वन जंगल, घर वरिपरिको झाडि, घुरान हुने ठाउँमा हुने भएकाले सबै त्रिवेणी बासीमा सजक रहन नेर्पा स्वास्थ्य चौकीका इन्चार्ज घर्तीले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया