Listen LIVE

अग्नि पीडितलाई भीरकोट उद्योग वाणिज्य संघले गर्यो राहत प्रदान

जेठ ३०/स्याङ्जा: यही जेठ २६ गते रातको समयमा अचानक आगो लागेर पूर्ण रुपमा क्षति भएको झरना फोटो स्टुडियोका सञ्चालक राजेश पौडेललाई भीरकोट उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ।

“विपतमा हामी सबै” भन्ने अभियानका साथ भीरकोट उद्योग वाणिज्य संघ, भीरकोट जेसिज लगायतका संघ संस्था राजनैतिक दल , टोल विकास समिति समाजका अगुवा , भीरकोटवासी सबैको सहयोगबाट संकलन गरिएको रु २,६२,८१५ ( दुई लाख बैसठ्ठी हजार आठ सय पन्ध्र रुपैयाँ ) सहयोग हस्तान्तरण गरिएको जानकारी नेपाली कांग्रेस भीरकोटका सभापति तथा सफल फर्निचरका सञ्चालक लक्ष्मण अधिकारीले दिए।

यसैगरी भीरकोट नगरपालिकाले पनि १ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आगलागीमा परी झरना फोटो स्टुडियोमा चारवटा डिएसएलआर क्यामेरा, प्रिन्टर, कम्प्युटर, फोटो सामग्री, स्टेशनरी सामान लगायत गरी करिब ५० लाख क्षति भएको बुझिएको छ।

प्रतिक्रिया