Listen LIVE

नेपाल शिक्षक महासंघ त्रिवेणि गाँउपालिकाको धर्ना कार्यक्रम तथा ज्ञापन पत्र पेश

नेपाल शिक्षक महासंघ त्रिवेणि गाँउपालिकाको  धर्ना कार्यक्रम तथा ज्ञापन पत्र पेश गरेको छ ।

विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेको केहि दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको विरुद्धमा रहेको, मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका सबै बुँदाहरु उचित ढङगबाट नसमेटिएकोले,  स्थायी, अस्थायी करार, राहत, साबिक उमावि, बालकक्षा विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै माग मुद्धाको सम्बोधन गर्न नसकेको साथै २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनु पर्ने माग पनि यसमा नसमेटिएको र विद्यालय कर्मचारीहरुको दायित्व पनि केन्द्र सरकारले लिई दरबन्दी सिर्जना पनि नगरेको पाइन्छ । त्यसैले नेपाली शिक्षक कर्मचारीहरु यो मस्यौदामा रहेका शिक्षा र शिक्षक कर्मचारी विरोधी प्रवन्धहरू परिवर्तन गरी यसलाई शिक्षा तथा शिक्षक कर्मचारी मैत्री बनाइनु पर्दछ भन्ने उद्देश्यका साथ नेपाल शिक्षक महासंघको निर्यण बमोजिम नेपाल शिक्षक महासंघले देशभरका सबै पालिकामा नेपाल शिक्षक महासंघ र सरकार बीच भएका ३० बुँदे र ५१ बुँदे सहमती पत्र सहित नेपाल शिक्षक महासंघ त्रिवेणि गाँउपालिका उपाध्यक्ष श्री भुप बहादुर भण्डारीको नेतृत्वमा स्थायी, अस्थायी करार, राहत, साबिक उमावि, बालकक्षा विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको सहभागितामा सौहार्दपुर्ण वातावरणमा धर्ना कार्यक्रम सम्पन्न गरी ज्ञापन पत्र त्रिवेणि गाँउपालिकाको कार्यलयमा पेश गरेको अनुदान शिक्षक त्रिवेणि गाँउपालिकाको अध्यक्ष असिम रानाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया