Listen LIVE

रोल्पाको काउलाबोटमा जिप दुर्घटना हुदा ५ जना घाइते

२८ माघ, रोल्पा । रोल्पाको  त्रिवेणी गाउँपालिका–६ काउलाबोटमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

दाङबाट  काउलाबोटतर्फ जाँदै गरेको त्रिशिद्देश्वरी राप्ती यातायात प्रा.लि.को  रा १ ज ३९३ नम्बरको जीप आज बेलुकी ६ बजे ब्रेक फेल भएर अनियन्त्रित भैई सडकछेउमा पल्टिँएको  थियो । जीपमा ९ जना चढेका थिए ।दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको नेर्पा स्वास्थ्य चौकी जुगारमा सामान्य  उपचार पछि थप उपचारको लागि दाङ रेफर गरिएको छ ।  २ जना भने उपचार पछि घर फर्किएका छन् ।घाइते हुनेमा चालक कपुरकोट गाउँपालिका ६ जामुनेका वर्ष ३२ का ज्ञान बहादुर महतरा , त्रिवेणी गाउँपालिका ६ ज्यावलखोलाका वर्ष ८ संगित खड्का, त्रिवेणी गाउँपालिका ६ सानोभूर्तिकि वर्ष ३२ सरला पुन, त्रिवेणी ६ काउलाबोटका वर्ष १६ सालिकराम केसी र त्रिवेणी गाउँवालिका ६ काउलाबोटका वर्ष १४ का गिरिजा वली रहेका छन् ।

प्रतिक्रिया